FLASH NEWS

नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्सको हत्या


नेपाल आवाज २ चैत्र २०८०, शुक्रबार १५:३८ मा प्रकाशित १८९७ पाठक संख्या

मोरङ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एकजना स्टाफ नर्सको हत्या भएको छ । सिरहा घर भएकी चन्द्रीका कुमारी दासको हत्या भएको प्रहरीले जनाएको छ ।


दासको कोठा अस्पताल नजिकै रहेको छ । सोही कोठाको बाथरुममा दासको शव फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले जनाएको हो । यस विषयमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।