FLASH NEWS

घट्यो पेट्रोलियम पदार्थको मूल्य


नेपाल आवाज २ चैत्र २०८०, शुक्रबार २१:१६ मा प्रकाशित ७१५ पाठक संख्या

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।


भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल मट्टितेलमा १-१ रुपैयाँ घटाएको हो ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ ।

निगमका अनुसार नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।