FLASH NEWS

सांसद विनोद चौधरीको बयान लिन गृहमन्त्रीको सिआईबीलाई निर्देशन


नेपाल आवाज ४ चैत्र २०८०, आईतवार १२:३३ मा प्रकाशित ७५१ पाठक संख्या

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले कांग्रेस सांसद विनोद चौधरीको बयान लिन सिआईबीलाई निर्देशन दिएका छन् ।


बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा आज (आइतबार) गृह मन्त्रालयमा गृह सचिव एकनारायण अर्याल, आईजिपी वसन्त कुँवर र सीआईबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीसहित बसेको बैठकमा मन्त्री लामिछानेले यस्तो निर्दशन दिएका हुन् ।

यसअघि यो प्रकरणमा विनोदका भाइ अरुण चौधरी भने पक्राउ परेर साधारण तारेखमा छुटेका हुन् ।