FLASH NEWS

ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण गर्ने ३ जनालाई ४ वर्षको लागि निलम्बन गर्ने राप्रपाको निर्णय


नेपाल आवाज ४ चैत्र २०८०, आईतवार १६:१० मा प्रकाशित ९३१३ पाठक संख्या

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राप्रपा अधक्ष राजेन्द्र लिङदेनको निर्देशनमा पार्टीका तिन जनालाई चार वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको छ। नेता विक्रम पाण्डेका स्वकीय सचिव समेत रहेका प्रेम बलायर समेत निलम्बनमा परेका छन् । पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठमाथि कार्यालयमै आक्रमण गरेको प्रमाणित भएपछी तीन जनालाई कारबाही गरिएको हो।


गत फागुन २७ गते कार्यसम्पादन समिति बैठकबाट बाहिरिने क्रममा ठाकुरमोहन श्रेष्ठमाथि अध्यक्षको कार्यकक्षबाहिर हातपात भएको थियो। हातपात गरेको प्रमाणित भएपछी पार्टीका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौं क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष रिद्धीप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई राप्रपाले निलम्बन गर्ने निर्णय गरेको हो। अध्यक्ष राजेन्द्र लिङ्देनले हातपातमा सं‌लग्नहरूलाई आइतबार पत्र नै काटेर पार्टीबाट चार वर्षका लागि निलम्बन गरेको कुरा उल्लेख गरेका छन्। चार जनालाई निलम्बन गरिएको बोधार्थ प्रदेश कार्यसमिति कर्णाली, जिल्ला कार्यसमिति कालिकोट र राष्ट्रिय प्रजातान्त्रिक युनियनका अध्यक्षलाई समेत दीईएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठको जानकारीकाअनुसार नेता श्रेष्ठमाति आक्रमण गर्ने तीन जनालाई चार वर्षका लागि पार्टीले निलम्बन गर्ने निर्णय गरेको हो।

कार्यसम्पादन समिति बैठकमा भ्रष्टाचार रोक्न पार्टीले कदम चाल्नुपर्ने विषयमा ठाकुरमोहनले कुरा राखेपछि विक्रम पाण्डेसँग भनाभन भएको थियो।पार्टी कार्यालयमै नेता श्रेष्ठमाथि भएको हातपातको घटनालाई राप्रपाले आन्तरिक रूपमा पनि छानबिन गर्दा चारजनाको दोष प्रमाणीत भएपछी पार्टि अधक्ष राजेन्द्र लिङदेनले कारवाहीको प्रक्रिया अघि बढाएका हुन्।