FLASH NEWS

निर्देशक श्यामराजा श्रेष्ठको नजरमा स्व.प्रताप सुव्वा ! नेपाली सिनेमा जगतको  “बुढो बाघ”


नेपाल आवाज ४ चैत्र २०८०, आईतवार १९:१८ मा प्रकाशित १५७९ पाठक संख्या

वि.स. २०५७ सालमा क्लासिक सिने युनिभर्स प्रा.लि.को स्थापना भए पश्चात त्यहाँ अभिनय,निर्देशन लगायतका अरु विविध विधामा समेत प्रशिक्षण र पढाई सुरु भएको थियो । त्यस संस्थामा वरिष्ठ निर्देशक प्रताप सुव्वाज्यूबाट अभिनय र निर्देशन साथै वरिष्ठ नृत्य निर्देशक कमल राईज्यूबाट नृत्य प्रशिक्षण गराईन्छ भन्ने सुनेको थिएँ । त्यसताका म मा पनि एक कलाकार बन्ने चाहना र ईच्छा
थियो ।


तसर्थ त्रि-चन्द्र कलेजको BSC अध्ययनलाई थाति राखेर एक सफल कलाकार बन्ने लक्ष्यले २०५७ सालमा क्लासिक सिने युनिभर्स प्रा.लि.मा अभिनय र नृत्य प्रशिक्षणको पढाई शुरु गरे । त्यसताका टासी शेर्पा, श्रीराम पुडासैनी, सौजन्य सुव्वा र म लगायत अरु थुपै्र साथीहरुले प्रशिक्षण सूरु गर्‍यौं ।

मलाई त्यस समयमा बरिष्ठ निर्देशक प्रताप सुव्वाज्यूबाट प्रशिक्षण लिन पाउनु नै सबैभन्दा गर्वको विषय थियो र मेरो सपना अब साकार हुृने महशुस गरें । पढाई र प्रशिक्षण क्रमिक रुपमा चलिरहेको अवस्थामा एक दिन प्रताप सुव्वा जस्लाई म बाबा भनेर सम्वोधन गर्थें, मलाई बोलाएर निर्देशन क्लास पनि जोईन गर्न र पढ्न सुझाव दिनुभयो । म अक्क न बक्क भएँ, जुन मैले कहिल्यै
पनि सोचेकोथिईनं ।

म त एक राम्रो कलाकार बन्छु भनेुर एक्टिङ्ग क्लास जोईन गरेको मान्छे, मैले सोच्नको लागि प्रताप बाबासँग केही समय मागें, क्लासमा अरु विद्यार्थीहरु पनि त थिए तर मलाई नै विशेष सुझाव डाईरेक्सन कोर्शको लागि किन दिनुभयो होला त ? शायद वहाँले म मा केही खुबी देख्नु भयो होला, जुन मलाई नै थाहा थिएन । केही दिनपछि धेरै सोचेर मैलेडाईरेक्सन कोर्श सुरु गरें ।

पछि अरु विद्यार्थीहरु कोर्श सकाएर जुन उद्धेश्य बोकी आएका थिए, त्यसको लागि समर्पित हुन लागे । म भने बाबासँग निरन्तर थप २ वर्षसम्म निर्देशन विधाको सम्पूर्ण पढाईको लागि प्रयत्नरत रहें । वहाँबाट मैले निर्देशन र अभिनय क्षेत्रको प्राय सवै ज्ञान सिक्ने मौका पाएँ । वहाँले मलाई भन्नु हुन्थ्यो, ” बेटा तँ दाम र नामको पछि कहिल्यैनलाग्नू, सिर्फ आफ्नो काममा ध्यान दिनू, यदि तेरो काम राम्रो भयो भने दाम र नाम त पछि पछि आईहाल्छ नि ! ” म वहाँको मार्गनिर्देशनलाई शिरोधार्य गर्दै काम गर्दै गएँ । वहाँकै प्रेरणा र हौसलामा बाबाले नै निर्देशन गर्नु भएको “वचन” नामक टेलिसिरियलबाट प्रथम सहायक निर्देशकका साथै एउटा कलाकारको भूमिकामा समेत देखा परेर काम शुरु गरें ।

मेरोकला क्षेत्रको यात्रामा यो पहिलो खुड्किलो थियो । यसरी मेरो कला क्षेत्रमा यात्रा पनि शुरु भयो,जसलाई मैले निरन्तरता दिइ नै रहें । यसै क्रममा वहाँसँग रहेर यि दुबै विधामा धेरै भन्दा धेरै व्यवहारिक ज्ञानहरु पनि सिक्ने मौका मेलै पाएँ । वहाँले मलाई आफ्नो छोरा जस्तै माया गरे ता पनि कामको मामिलामा कुनै प्रकारको छुट थिएन अर्थात हाम्रो सुसम्बन्ध गुरु चेलाको नै थियो । त्यसवेला सिनेमा उद्योगमा वहाँको राम्रो नाम र पहिचान थियो । कामको मामिलामा अग्रजहरुले वहाँलाई “सिनेमा क्षेत्रको बुढो बाघ” भन्ने गर्थे/सुन्थें । ५९-६० सालतिर वहाँसँगै मैले दार्जिलिङ्ग र सिक्किमको २ वटा प्रोजेक्टमा फेरी सँगै काम गर्ने मौका पाएको थिएँ, जुन मेरो कलायात्राको क्रममा आज पनि निकै नै सम्झनलायक छ ।

दार्जिलिङ्गको चौरास्ताको बगैचामा बसेर, त कहिले घरमा बसेर हामीहरु स्क्रिप्ट लेख्ने गर्थ्यौं। वहाँ स्क्रिप्ट लेख्दा कहिल्यै पनि एकोहोरिएर, धेरै सोचेर लेख्नु हुन्नथ्यो । आफ्नो व्यक्तिगत काम गर्दा गर्दै फ्याट्ट संवाद भनि हाल्नुहुन्थ्यो, जुन म लेख्थें । वहाँको यो शैली मलाई बडा अजिव र गजबको लाग्थ्यो । वहाँले कतिवेला संवादहरु भन्नुहुन्छ भनेर हर समय कपि र कलमका साथ म तयार र सजग भई बस्थें । यसरी दाजिलिङ्गमा कामको लागि मैले वहाँसँग धेरै समय विताएको छु ।

म घरबाट पहिलो पटक कुनै विरानो ठाउँमा गएर काम गर्न थालेको पनि धेरै समय भैसकेको थियो । आफ्नो घर परिवारको बारम्बार यादले मलाई सताई रहन्थ्यो तर प्रताप बाबाको परिवार,विशेषरुपमा पुन्य सुव्वा जस्लाई म सानु माँः भन्थें, अनि ठूली माँः(शशी सुव्वा)को मायाले म आफ्नै घरमा छुजस्तो मलाई लाग्थ्यो । वहाँहरुको परिवारसँगसँगै बस्दा मलाई त्यहाँ एक्लो छु भन्ने भान कहिल्यैपनि भएन । साथै बाबाको छोरा त्रिभिनेस सुव्वा (जसलाई म पुकु भाई भन्थें), सानी छोरी सुजन सुव्वा (जसलाई म डलु नानी भन्थें), अनि सृजना सुव्वा दिदी (ठुली छोरी)को साथ र सहयोगले मलाई एक किसिमको उर्जा कामको लागि अगाडी बढ्न निरन्तर थपिदिन्थ्यो ।

यसरी वहाँहरुकै प्रोत्साहनमा मैले काम निरन्तर गर्दै गएँ । कामको शिलशिलामा मैले धेरै चुनौतीहरुको समेत सामना गरेकोछु । वहाँले मलाई दिनुभएको ज्ञानको कारण ति सवै वाधा र चुनौतीहरु पनि सजिलै पार गर्न
मलाई कुनै गाह्रो अप्ठ्यारो भएन,परेन । आज प्रताप बाबाको ईच्छा, चाहाना, हौसला र प्रेरणाले गर्दा यो कला क्षेत्रको यात्रामा सहायक निर्देशकबाट शुरु भएको मेरो यात्रा थुप्रै टेलि चलचित्र, वृत्तचित्र,कथानक चलचित्रहरुमा सहायक निर्देशक तथा निर्देशकको हैसियतले जिम्मेवारी वहन तथा पूरा गर्ने सुअवसर मलाई प्राप्त भैरह्यो जुन सत्कर्म भविष्यमा पनि मैले गरिरहेने नै छु ।

२०७९ चैत्र २ गतेका दिन विनोद सेरेङ्गसरले मलाई अचानक फोन गर्नु भयो र भन्नु भयो कि श्याम तिम्रो वावा मेरो दाजु(प्रताप सुव्वा) अव यो संसारमा रहनु भएन ! यो सुन्ने वितिक्कै मैले टेकेको जमिन भासिए जस्तो मलाई लाग्यो ! मलाई खैे के भयो कुन्नि ! म वोल्न सकिन र विश्वास समेत गर्न सकिन ! धेरै पछि आफुलाई केही सम्हालेर मैले सोधें, कस्ले भनेको तपाईलाई ? वहाँले भन्नुभयो कि कमल राई सर (जो मेरो नृत्यको पनि गुरु हुनुहुन्छ) ले सोसियल मिडियामा राख्नु भएको छ । अझै पनि मलाई पत्यार लागेन र दार्जिलिङ्गमा सानु माँः(पुन्य सुव्वा)लाई तत्कालै फोन गरें ।

निकै वेरपछि फोन उठ्यो । फोनमा माँः को आवाज सुनें, वहाँको त्यो आवाजमा धेरै पिडाको भावविह्वल अनुभूति मैलेमहशुस गरें! वहाँले भन्नु भयो, छोरा तिम्रो बाबाले हामी सवैलाई छाडेर जानु भो…. ! मैले माँःसँंग अरु कुराहरु केही पनि गर्न सकिन, म वोल्नै सकिन ! म निकैवेर कहाँ हराए…कहाँ मलाई पत्तै भएन ! अव के गर्ने,कसो गर्ने र कता जानेभन्ने वारे मैले कुनै भेउ नै पाईन ! नेपाली सिनेमाको श्रीवृद्धिमा वहाँको ठूृलो र महत्वपूणर् योगदान रहेको सवैलाई ज्ञात भएको विषय हो ।

आज पनि वहाँबाट प्रशिक्षित र उत्पादित थुप्रै गूरुका चेलाचेलीहरु यहीं र विदेशमा पनि आफ्नो कर्म गरिरहेका छन्। वहाँले हामीलाई यस क्षेत्रमा लाग्नको लागि ठूलो ज्ञान र योगदान दिनु भयो । हामी वहाँका चेलाचेलीहरुले गुरुकै लागि भनेर आजसम्म पनि केही गर्न, गूरु दक्षिणा दिन नसकको दुःखानुभूति वारम्वार भैईरहेको छ ! एकपटक बाबाको सवै चेलाचेलीहरुलाई भेला गरेर गुरु प्रताप बाबालाई नेपालमा वोलाएर हामी स्टुडेन्टहरुको तर्पmबाट उच्च सम्मान दिने/गर्ने तिब्र ईच्छा ममा पनि थियो । मैले अरु साथीहरु र सबिर श्रेष्ठ दाई (फिल्म निर्देशक) सँग पनि सल्लाह गरेको थिएं । तर बावाको अपत्यारिलो स्वर्गारोहणले गर्दा अव त्यो मेरो/हाम्रो ईच्छा कहिल्यै पुरा हुने छैन ! यसमा मलाई साह्रै दुःख र खल्लो लागेको छ !

बाबा जस्तो दिग्गज, अग्रज, आदरणिय व्यक्तित्व, मेरो स्रद्धेय गुरु-जसले मलाई अभिनय,निर्देशन, कलाकारिताका साथै अन्य विधामा पढाउनु भयो, सिकाउनु भयो, बुझाउनु भयो र साथै त्यहाँदेखि यहाँसम्म लिएर आउनुभयो ! मलाई यस क्षेत्रको लागि योग्य बनाउनुृ भयो ! त्यसको लागि म बाबा प्रताप सुव्वाज्यू प्रति धेरै नै आभारी, ऋणी, कृतज्ञ र नतमस्तक छु ! वहाँको ऋण र गुण तिर्न त म नसकँुला तर वहाँकै मार्गनिर्देशनलाई पछ्र्याउदै, वहाँले डोर्‍याउनु भएको यो मार्गमा लागिरहने छु ! आज वहाँ हामी माझ हुनु हुन्न…! वहाँ जहाँ हुनु भए पनि वहाँको आत्माले मोक्ष र शान्ति पाओस्….!

भगवानसँग यही र यस्तै प्रार्थना, कामना र याचना मैले गरेको छु!
निर्देशक : श्याम राजा श्रेष्ठ