FLASH NEWS

सर्वोच्च अदालत परिसरबाट स्वचालित हतियारसहित दुर्गा प्रसाईंका बडीगार्ड पक्राउ


नेपाल आवाज ५ चैत्र २०८०, सोमबार २०:०७ मा प्रकाशित १०७५ पाठक संख्या

काठमाडौं – सर्वोच्च अदालत परिसरबाट दुई  जना हतियारसहित पक्राउ परेका छन् । सर्वोच्च अदालतभित्र छिर्न खोज्दा


बिहान करिब ११ बजेतिर हतियारसहित दीपक खड्का र राजकुमार धिमाललाई प्रहरी पक्राउ गरेको हो ।

स्रोतका अनुसार उनीहरु दुर्गा प्रसाईंको निजी बडिगार्ड रहेको बताईएको छ । मेडिकल व्यवसायी प्रसाईंको मुद्दाको पेशी सोमबार रहेकाले उनीहरु हतियार बोकेरै सर्वोच्च अदालत परिसर पुगेका हुन् ।

अदालतका मुल गेटमा प्रहरी निरीक्षक (इन्सपेक्टर) विजय भण्डारीसहितको टोलीले जाँच गर्ने क्रममा हतियार भेटेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनहरुको साथबाट मेड इन जर्मन जिएसजी-५ लेखिएको स्वचलित हतियार १ थान, सानो र ठूलो गरेर ४ थान म्यागजिन, म्यागजिन होल्डर १ थान, त्यसको गोली १०० राउण्ड बरामद पनि बरामद गरेको प्रहरी स्रोतले बतायो ।

अदालत परिसरबाट हतियारसहित पक्राउ परेका उनीलाई थप अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा पठाइएको छ ।

किन कुन प्रयोजनले हतियार बोकेर अदालत प्रवेश गरे, लाइसेन्स प्राप्त हतियार हो कि होइन लगायतका विषय अध्ययनकै क्रममा रहेकोले के कारबाही हुने या नहुने भन्न नसकिने प्रहरी स्रोतको भनाइ छ ।