FLASH NEWS

चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु


नेपाल आवाज ७ चैत्र २०८०, बुधबार १३:४३ मा प्रकाशित ४९३ पाठक संख्या

पाँचथर। पाँचथरमा चट्याङले लागेर एकजना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।


मंगलबार राति प्रहरी चौकीमा परेको चट्याङ लागेर प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको मृत्यु भएको प्रहरीले जनाएको हो ।

ढोका उभिएका बेला परेको चट्याङ लागेर घाइते भएका उनलाई  उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार लगिएको थियो । त्यहाँबाट राति नै थप उपचारका लागि जिल्ला अस्पताल लगिए पनि उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

गस्तीमा रहेका बेलामा हावाहुरीसहित पानी परेपछि चौकी फर्किर ढोकामा उभिएका बेला उनीलाई चट्याङ लागेको हो। मृतक माझीको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।