FLASH NEWS

बाघको आक्रमणबाट एकजना घाइते


नेपाल आवाज ७ चैत्र २०८०, बुधबार १३:५५ मा प्रकाशित ४६३ पाठक संख्या

बारा। पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आक्रमणबाट मंगलबार निजगढ नगरपालिका एकजना घाइते भएका छन् । बाघको आक्रमणबाट मंगलबार दिउसो निजगढ नगरपालिका- ११ रतनपुरकी ४० वर्षीया दिल कुमारी पुलामी मगर घाइते भएकी हुन् ।


निजगढ नगरपालिका- ११ स्थित तपोभूमि सामुदायिक वनमा चौपाया चराउन गएकी मगरलाई बाघले पछाडिबाट आक्रमण गरेको घाइते दिलकुमारीले बताइन् ।

बाघको आक्रमणबाट जंगलमा लडेकी उनलाई सँगै चौपाया चराउन गएका भोगबहादुर मुक्तान र अर्का साथीले बचाउन सफल भए । तर, तीनवटा बाख्रा भने बाघले मारेको छ ।

बाघको आक्रमणमा परीकी मगरको छाती र पिठ्युँमा पन्जाको दाग छ । उनको पिठ्युँमा टाका समेत लगाइएको छ भने अवस्था सामान्य रहेको निजगढ नगरपालिका- ९ स्थित निजगढ सामुदायिक अस्पतालका डाक्टर मुन्ना कुमार साहले जानकारी दिए ।

यसैबीच निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले घाइते दिलकुमारीको स्वास्थ्य अवस्था बुझ्न निजगढ सामुदायिक अस्पताल पुगेका थिए ।