FLASH NEWS

जमानीमा रिहा भएका पूर्वसभमुख महरा केही दिन अस्पतालमै रहने


नेपाल आवाज ९ चैत्र २०८०, शुक्रबार १९:२२ मा प्रकाशित ६३७ पाठक संख्या

काठमाडौं – हाजिर जमानीमा रिहा भएका पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा केही दिन अस्पतालमै रहने भएका छन् । स्वास्थ्य अवस्थाका कारण चिकित्सकको सल्लाहअनुसार अझै केही दिन अस्पतालमै राखिने पारिवारिक स्रोतले बतायो ।


जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको सहमतिमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनलाई हाजिर जमानीमा छोड्ने निर्णय गरेको थियो । उनलाई इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा उनलाई रुपन्देहीबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो ।

सीआईबीका अनुसन्धान अधिकृतहरूले दुई दिन लगातार महराको बयान लिएका थिए । स्वास्थ्यका कारण नर्भिक अस्पतालमा भर्ना भएका महरालाई ब्युरोका अनुसन्धान अधिकृतहरूले बुधवार र बिहीबार माइतीघरस्थित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा ल्याएर बयान गराएका थिए । महराले ८ प्रकारका औषधि सेवन गर्दै आएका छन् । उनको घाँटीको टीबी र मस्तिष्कको नशामा समस्या छ ।