FLASH NEWS

कांग्रेस नेतालाई गृहमन्त्री रविको चुनौती – म माथि लगाइएका आरोप पुष्टि गर्नू, जवाफ दिन आउँछु


नेपाल आवाज १० चैत्र २०८०, शनिबार २१:४० मा प्रकाशित ६९१ पाठक संख्या

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि उठाइएका प्रश्नको जवाफ दिन तयार रहेको बताएका छन् ।


शनिबार राति सामाजिक सञ्जालमा लेख्दै उनले प्रश्नका जवाफ दिन आफू जुनसुकै स्थानमा उपस्थित हुन तयार रहेको बताएका हुन् ।

शनिबार सामाजिक सञ्जालमार्फत उनले ठोस प्रमाण नहुँदा पनि आफूलाई सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै रोष प्रकट गरे ।

सहकारी ठगी प्रकरणमा लामिछाने पनि संलग्न रहेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले संसद् बैठकमा निरन्तर प्रश्न उठाएका थिए । सदन अवरुद्ध समेत गरेका थिए ।

गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमा लामो पोस्ट गर्दै कांग्रेस नेतालाई चुनौतीसँगै खुला बहसका निम्ति प्रस्ताव समेत गरेका छन् ।