FLASH NEWS

दुई समुहमा झडप: दुई जनाको मृत्यु, १८ जना प्रहरी नियन्त्रणमा


नेपाल आवाज १२ चैत्र २०८०, सोमबार ०९:४१ मा प्रकाशित ८५९ पाठक संख्या

काठमाडौँ । ललितपुरको ढोलाहिटीमा गए राति दुई समूहबीच झडप हुदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराती करिब नौ बजे दुई समूहबीच झडप हुँदा दुई जनाको ज्यान गएको छ ।


मृत्यु हुनेमा धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा गए राति नै १८ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।