FLASH NEWS

फेरि बढयो आज सुनको भाउ


नेपाल आवाज १२ चैत्र २०८०, सोमबार ११:१० मा प्रकाशित ५२९ पाठक संख्या

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ अनुसार आज छापावाला सुन तोलामा २ सय बढेर प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँ कायम भएको हो ।


त्यस्तै, आज तेजाबी सुन १ लाख २६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तैगरी, चाँदीको मूल्यमा १५ रुपैयाँले बढ्र प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।