FLASH NEWS

आयरल्याण्ड वोल्भ्सले नेपाललाई दियो १२२ रनको लक्ष्य


नेपाल आवाज १२ चैत्र २०८०, सोमबार १४:४४ मा प्रकाशित ५८९ पाठक संख्या

काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ ।टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा अल आउट हुदै १२१ रन बनाएको हो ।


आयरल्याण्ड वोल्भ्सका लागि स्टेफेन डोहेनीले सर्बाधिक ४६ रन बनाएका थिए भने थोमस मायेज र लियाम म्याकार्थीले १६-१६ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर ललित राजबंशी, गुलशन झा र कुशल भुर्तेलले २-२ विकेट लिए भने करण केसी र कुशल मल्लले एक एक विकेट लिएका थिए ।