FLASH NEWS

शान्तिवादी नीतिवाट पछि हटदै जापानले अब लडाकु बिमान निर्यात गर्ने


नेपाल आवाज १३ चैत्र २०८०, मंगलवार १५:५७ मा प्रकाशित ५८३ पाठक संख्या

टोकियो। जापानले शान्तिवादी नीतिवाट पछि हटदै लडाकु जेट बिमानहरू निर्यात गर्ने भएको छ ।


 

हालै बसेको जापनको मन्त्रिपरिषद्ले आफ्नो शान्तिवादी नीतिबाट पछि हट्दै बेलायत र इटालीसँग विकास गरिरहेको नयाँ लडाकु विमान निर्यात गर्ने निर्णय गरेको हो ।

 

जुन निर्णय पछि जापनलाइ हतियार निर्यात नियमलाई सहज बनाउने काम गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन । जुन निर्णय पछि जापानसँग रक्षा सम्झौतामा हस्ताक्षर गरेका देशहरूलाई जेट खरिद गर्न सक्ने छन् तर सर्त यो छ कि त्यो देशमा द्वन्द्व चलिरहेको भने हुनु हुदैँन् ।

जापानले चीन र उत्तर कोरियाबाट उत्पन्न खतरालाई उद्धृत गर्दै सन् २०२७ सम्ममा सैन्य खर्च दोब्बर बनाउने वाचा गरेको केही समय पछि लडाकु बिमान निर्यात गर्ने निर्णय लिएको हो । ‘तर, प्रत्येक लडाकु जेट बिक्रीको लागि क्याबिनेट अनुमोदन आवश्यक हुनेछ,’ जापानका एक रक्षा अधिकारीहरूले भने।

 

डिसेम्बर २०२२ मा जापानले नयाँ लडाकु जेटको विकास गर्नका लागि वेलायत र इटालीसँग सहकार्यमा गरेको थियो, जुन परियोजनालाई ‘टेम्पेस्ट’ भनिन्छ । जुन विकसित प्रवृधी अनुसार लडाकु बिमानका पाइलटलाई सहयोग गर्न कृत्रिम बुद्धिमत्ता र उन्नत सेन्सरहरू प्रयोग गरिएको छ । जेट विमानहरू २०२७ सम्म तैनाथ हुने अपेक्षा गरिएको छ,  जुन टोकियोको पहिलो रक्षा उपकरण विकास साझेदारी हो, जुन अमेरिकाबाहेक अरू कुनै देशसँग त्यस्तो साझेदारी अहिलेसम्म रहेको छैन् ।

 

प्रधानमन्त्री फुमियो किशिदाको अप्रिलमा अमेरिकाको आधिकारिक भ्रमण अघि यो निर्णय गरिएको हो, जहाँ उनले वाशिंगटनसँग टोकियोको गठबन्धन र रक्षा साझेदारीमा थप संलग्न हुन आफ्नो देशको तयारीमा जोड दिने अपेक्षा गरिएको छ।