FLASH NEWS

सकुशल भेटिइन् मेयर गोपाल हमालकी छोरी


नेपाल आवाज १४ चैत्र २०८०, बुधबार ११:११ मा प्रकाशित ८४७ पाठक संख्या

काठमाडौँ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन् । हमालले छोरी आरती सकुशल भेटिएको जानकारी दिएका छन् ।


उनले भनेका छन्- सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु । खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू, गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाई दिदिबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवादसहित कृतज्ञता व्यक्त गर्दछु । साथै मेरो जेठो छोरी आरती,  कान्छी छोरी आर्जु र ज्वाइँसंगै भएको सम्पूर्णमा जानकारी गर्दछु ।

यस अघि नगर प्रमुख हमालले मंगलबार छोरी आरती सम्पर्क बिहिन भएको भन्दै सहयोग मागेका थिए । नगर प्रमुख हमालकी जेठी छोरी आरती उनी ओशो साधक हुन। ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् ।