FLASH NEWS

राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन सरकार प्रयत्नशील छ: प्रधानमन्त्री


नेपाल आवाज १४ चैत्र २०८०, बुधबार २०:२२ मा प्रकाशित ६६७ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन सरकार प्रयत्नशील रहेको बताएका छन्।


बुधबार सिंहदरबारमा द्वन्द्व पीडित परिवारका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँग छलफल गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउनका लागि त्यससम्बन्धी विधेयक सरकारले अगाडि बढाएको भन्दै राष्ट्रिय समझदारी बनाएर अघि बढ्ने बताएका हुन्।

उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेश पालना गर्न सरकार प्रतिबद्ध रहेको बताए।

शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन नदिने शक्ति पनि सक्रिय रहेकाले कतिपय समस्या भएको उनले बताए।

उनले द्वन्द्व पीडित परविारका सदस्यलाई रोजगारी उपलब्ध गराउन, द्वन्द्वमा घाइते भएका व्यक्तिको स्वास्थ्योपचार गर्न र उनीहरूका लागि आवासको व्यवस्था गर्न सरकार प्रयासरत रहेको उल्लेख गरे।