FLASH NEWS

नेप्सेमा सामान्य बृद्धि


नेपाल आवाज १५ चैत्र २०८०, बिहीबार १५:३३ मा प्रकाशित ५०५ पाठक संख्या

काठमाडौं । बिहीबार नेप्से परिसूचक ४।७८ अंकले बढेको छ। अघिल्लो कारोबार दिन बुधबार १०।८३ अंकले घटेको नेप्से आज भने ४।७८ अंकले बढेर २०३५।६४ विन्दुमा कारोबार रोकिएको छ । त्यसैगरी आज सेन्सेटिभ इण्डेक्स ०।३६ अंकले घटेर ३५९।०९ विन्दुमा रहेको छ ।


आज ३१३ कम्पनीको ६६ लाख १४ हजार ४४५ कित्ता खरिदबिक्री हुदा २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४६८ रुपैयाँमा बराबरको कारोबार भएको छ ।

आज एउटामात्रै कम्पनी हिमालयन उर्जा विकासको सेयरमा सकारात्मक सर्किट लागेको थियो । यसैगरी आज सर्वोत्तम सिमेन्टको ९।९६, हिमालयन हाइड्रोपावरको ८।७३, सामलिङ पावरको ८।०७ र पिपुल्स पावरको ७।४४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

कारोबार रकमका आधारमा सर्वोत्तम सिमेन्टको सबैभन्दा बढी १९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो । त्यस्तै गोर्खाज फाइनान्सको १६ करोड, शिवम् सिमेन्टको १५ करोड, सोनापुरको ११ करोड, पिपुल्स पावरको ७ करोडको सेयर कारोबार भएको थियो ।