FLASH NEWS

पोखरामा बस दुर्घटना भएर सडकमा ठाडै उभियो !


नेपाल आवाज १७ चैत्र २०८०, शनिबार १२:०७ मा प्रकाशित ९०१ पाठक संख्या

पोखरा । पोखराको लेखनाथमा भएको बस दुर्घटनाको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ । लेखनाथको अर्चलेमा ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना हुदा ठाडो भएको थियो ।


बसमा चालक र सहचालक मात्र रहेको र दुवै जना घाइते भएको प्रहरीले जनाएको छ । बस दुर्घटना भएर सडकमा ठाडै उभिएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।  तस्बीर स्रोत( सामाजिक सञ्जाल ।