FLASH NEWS

सामुदायिक विद्यालयमा अभिभावकको सहभागिता नहुनु आफ्नो राजनीतिक असफलता; महामन्त्री थापा


नेपाल आवाज १८ चैत्र २०८०, आईतवार १८:३७ मा प्रकाशित २४१ पाठक संख्या

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाका अनुसार आफुहरुले  सामुदायिक विद्यालयमा अभिभावकको सहभागिता गराउन नसक्नु आफ्नो राजनीतिक असफलता भएको बताएका छन् ।


आइतबार सामुदायिक विद्यालय व्यवस्था समिति महासङ्घको स्थापना दिवसको अवसरमा काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले विद्यालयमा अभिभावकको सहभागिता कम हुने विषय राजनीतिक असफलता भएको दाबी गरे ।उनले अभिभावकलाई राजनीतिक दलहरूले पनि सचेत गराउन नसक्नु राजनीतिक असफलता भएको उल्लेख गरे । उनले राजनीतिक दलको भोटर खाने पानी,सडक,ढल निर्माणका विषयमा कति बजेट आयो,ठेक्का लाग्यो÷लागेन भनेर छलफल र चासो व्यक्त गर्ने तर सामुदायिक विद्यालयका छलफलमा नजाने गरेको बताए ।

 

महामन्त्री थापाले सामुदायिक विद्यालयका शिक्षकहरूको विवादलाई राज्यले रकम खर्च गरेर भएपनि समाधान गर्न आवश्यक रहेको धारणा राखे ।नले विद्यालय शिक्षा विधेयकमा अभिभावकको सहभागिता धेरै कसरी बढाउने र दलियकरण हुन नदिने कुरामा विशेष रुपमा छलफल गर्न जरुरी रहेको बताए ।