FLASH NEWS

रौतहटको पिप्रा पोखरियामा बर्थिङ सेन्टर निर्माण हुँदै


नेपाल आवाज १४ असार २०८१, बिहीबार १५:१५ मा प्रकाशित २३३५ पाठक संख्या

रौतहट । रौतहटको कटहरिया नगरपालिका ८ पिप्रा पोखरियामा बर्थिङ्ग सेन्टर निर्माण सुरु भएको छ । कटहरिया नगरपालिकाको लगानीमा वडा  स्तरीय बजेटबाट पिप्रा पोखरिया र बलुआ गाउँको  बिच दुवै गाउँका मानिसलाई पाएक पर्ने स्थानमा बर्थिङ सेन्टर निर्माण कार्य सुरु भएको हो।


वडा ८ का अध्यक्ष समिस बिक्रम शाहले कुल ४५ लाख रुपैयाँको लागतमा बर्थिङ सेन्टर भवन निर्माणको पहिलो चरणमा कम्पाउण्ड वाल निर्माण भईरहेको जानकारी छन् । यस आर्थिक बर्षको लगत्तै पुनः नगरपालिका बाट आउने थप बजेट बाट भवन निर्माण सुरु गरिने वडा अध्यक्ष साहले जानकारी दिएका छन्।

यसै बीच कटहरिया नगरपालिकामा मेयर अजय प्रकाश जैसवालले बिहीवार निर्माण कार्यको स्थलगत निरीक्षण गर्दै गुणस्तरमा कुनै समझौता नगर्न वडा अध्यक्ष शाह तथा निर्माणमा कार्यरत मिस्त्री लाई निर्देशन दिएका छन्।

वाल निर्माण पछि आर्थिक बर्षको पहिलो चरणमै नगरपालिका बाट आवश्यक लगानी गरी आगामी आर्थिक वर्ष भित्र भवन निर्माण पूरा गराई बर्थिङ सेन्टर सञ्चालन गराउने मेयर जैसवालले प्रतिवद्धता जनाएका छन।

कटहरिया वडा ८ मा बर्थिङ्ग सेन्टर सञ्चालन पछि पिप्रा पोखरीया र बालुवा गाउँका सैयौं महिला सुत्केरी गराउन अन्यत्र जानुपर्ने झन्झट बाट छुटकारा पाउने वडा अध्यक्ष शाहले बताएका छन ।