FLASH NEWS

रियल म्याड्रिडको जितमा रोड्रीगोको दुई गोल


नेपाल आवाज १९ चैत्र २०८०, सोमबार ०७:२२ मा प्रकाशित ४२७ पाठक संख्या

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले एथलेटिक क्लबलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले एथलेटिक क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।


रियल म्याड्रिडको जितमा रोड्रीगोले दुवै गोल गरेका थिए । उनले खेलको आठौँ र ७३औं मिनेटमा गोल गरेका थिए । यो जितपछि रियल म्याड्रिडको ३० खेलमा ७५ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । रियल म्याड्रिड दोस्रो स्थानमा रहेको बार्सिलोना भन्दा स्पष्ट ८ अंकले अगाडी रहेको छ ।

त्यसैगरी एथलेटिक क्लबको भने २० खेलमा ५६ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।