FLASH NEWS

प्रस्तावित महालेखापरीक्षक रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो


नेपाल आवाज १९ चैत्र २०८०, सोमबार ११:३० मा प्रकाशित ४२१ पाठक संख्या

काठमाडौँ । प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ ।


संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले १० दिने सूचना जारी गर्ने निर्णय गरेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

राष्ट्रिय तथ्यांका कार्यालयका सचिव रायालाई आइतबार बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा सिफारिस गर्ने निर्णय गरेको थियो ।