FLASH NEWS

बैदेशिक रोजगार विभाग ताहाचलका लेखापाल निरौलाविरुद्ध मुद्धा दायर


नेपाल आवाज १९ चैत्र २०८०, सोमबार १५:५२ मा प्रकाशित ८४७ पाठक संख्या

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर गरेको छ ।


निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १५ हजार घुस लिएको अवस्थामा पक्राउ परेका थिए । अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर अनुसार बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएको छ ।