FLASH NEWS

एपिएफ विराट गोल्डकपको सेमिफाइनलमा


नेपाल आवाज २० चैत्र २०८०, मंगलवार ०७:१० मा प्रकाशित ४१५ पाठक संख्या

विराटनगर । विभागीय टिम एपिएफ विराट गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।


विराटनगरको सहिद रङ्शालामा गएराती सम्पन्न खेलमा एपिएफले चर्च व्वाइज युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो ।    एपिएफको जितमा प्रदिप लामा र अनिष महर्जनले एक(एक गोल गरेका थिए ।

आज मछिन्द्र फुटबल क्लब र भारतको कोलकातास्थित साउर्थन समिति फुटबल क्लबबीच अन्तिम क्वाटर फाइनल खेल हुनेछ । गोल्डकप विजेता टोलीले ट्रफीसहित ११ लाख, उपविजेताले पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् ।