FLASH NEWS

कर्णालीका मुख्यमन्त्री शर्मा राजीनामा नदिने अडानमा कायम


नेपाल आवाज २० चैत्र २०८०, मंगलवार १९:०४ मा प्रकाशित ३६७ पाठक संख्या

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा नदिने अडान लिएका छन् ।


माओवादी केन्द्रको मंगलबार बसेको संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिएर राजीनामा दिने निष्कर्षमा पुगेको हो ।

केन्द्रमा कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमतिप्रति प्रदेशको माओवादी नेतृत्व असन्तुष्ट देखिएको छ ।

मंगलबार दिन भर माओवादी र एमालेबीच पटक पटक छलफल भएपनि सहमति हुन नसकेपछि भोलि ३ बजेसम्मका लागि प्रदेश सभाको बैठक सारिएको छ