FLASH NEWS

ताइवानमा २५ बर्षपछि शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


नेपाल आवाज २१ चैत्र २०८०, बुधबार १०:४८ मा प्रकाशित ६९७ पाठक संख्या

काठमाडौँ । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार भूकम्पको तीव्रता ७।४ मापन गरिएको छ । यसलाई २५ वर्षपछिको ठुलो भूकम्प भएको बताइएको छ ।


भूकम्पका कारण सहरका धेरै ठाउँमा विद्युत् अवरुद्ध भएको छ । देशभर ८७ हजारभन्दा बढी मानिस विद्युतविहीन जीवन बिताइरहेका छन् । अहिले पुनर्निर्माणको काम भइरहेको बताइएको छ ।

ताइवानको यस भूकम्पपछि दक्षिणी जापान र फिलिपिन्समा सुनामीको चेतावनी जारी गरिएको छ । पूर्वी ताइवानमा धेरै भवनहरू भत्किएका छन् ।