FLASH NEWS

आज घटयो सुनको भाउ


नेपाल आवाज २३ चैत्र २०८०, शुक्रबार ११:५४ मा प्रकाशित ८५३ पाठक संख्या

काठमाडौं । विहिबार उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ शुक्रबार भने घटेको छ । विहिबारको तुलनामा सुन प्रतितोला १ हजार ३ सय रुपैयाँ घटेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) छापावाला सुन प्रतितोला १ लाख ३२ हजार ७ सयमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुन १ लाख ३ हजार ५० रुपयाँमा कारोवार भएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलामा १ हजार ६५० रुपैयाँ रहेको चाँदी आज १ हजार ६१५ रुपैयाँ कायम भएको छ ।