FLASH NEWS

नेपाल प्रहरीका १६ जना एसपीको काज सरुवा, को कहाँ पुगे ? यस्तो छ सरुवा सूची


नेपाल आवाज २३ चैत्र २०८०, शुक्रबार २२:५२ मा प्रकाशित ६७३ पाठक संख्या

काठमाडौँ – नेपाल प्रहरीका १६ जना प्रहरी उपरीक्षक (एसपी)हरुको काज सरुवा भएको छ । शुक्रबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले १६ जना एसपीको सरुवा गरेका हुन् ।


प्रहरी प्रधान कार्यालयले ७ जिल्लामा अवधि नपुग्दै जिल्ला इन्चार्जहरुलाई फिर्ता बोलाइएको छ । डेढ महिनामै जिल्ला प्रहरी कार्यालय महोत्तरी र सर्लाहीका एसपी फिर्ता बोलाइएका छन् ।

जसमा जिम्मेवारी सम्हालेको डेढ महिनामै महोत्तरीका एसपी श्याम राई र सर्लाहीका एसपी दयानिधि ज्ञवाली तानिएका छन् । उनीहरुले २ फागुनमा मात्रै जिल्ला कमाण्ड सम्हालेका थिए ।

राईको ठाउँमा महोत्तरीमा रवीन्द्रबहादुर सिंहलाई पठाइएको छ । ज्ञवालीको ठाउँमा नकुल पोखरेललाई पठाइएको छ।

त्यसैगरी जिम्मेवारी सम्हालेको ६ महिना नपुग्दै बाँकेका एसपी सुवासचन्द्र बोहराको पनि सरुवा भएको छ । उनी २५ असोजमा बाँके सरुवा भएका थिए । एसपी बोहराको ठाउँमा तुलबहादुर कार्कीलाई पठाइएको छ ।

नुवाकोटको एसपीबाट तानिएका सञ्जयसिंह थापाको ठाउँमा शान्तिराज कोइरालालाई पठाइएको छ । गत १५ भदौमा मात्रै थापाले नुवाकोट प्रहरी प्रमुखको कमाण्ड सम्हालेका थिए ।

थापासँगै १५ भदौमा बाराको कमाण्ड सम्हालेका सुरेश काफ्ले पनि ७ महिनामै तानिएका छन् । उनको ठाउँमा एसपी महेन्द्र खड्कालाई पठाइएको छ ।

त्यसैगरी पाँचै महिनामा जिल्ला प्रहरी कार्याल धनुषाका एसपी मित्रबन्धु शर्माको पनि सरुवा गरिएको छ । उनलाई धनुषा प्रहरी प्रमुखबाट हटाउँदै प्रहरी एकेडेमी महाराजगञ्जमा सरुवा गरिएको छ।

१६ भदौमै जिल्ला प्रहरी कार्यालय रौतहटको कमाण्ड सम्हालेका महेन्द्रकुमार श्रेष्ठ पनि ७ महिना नपुग्दै तानिएका छन् । एसपी श्रेष्ठलाई प्रहरी प्रधान कार्यालयको आतंकवाद प्रतिरोध संयन्त्र सचिवालयमा तान्दै रौतहट प्रहरी प्रमुखमा दिलिप घिमिरेलाई पठाइएको छ ।

यस्तो छ सरुवा सूची :