FLASH NEWS

मलेखुमा नवनिर्मित प्रहरी सुरक्षा भवन उद्घाटन


नेपाल आवाज २४ चैत्र २०८०, शनिबार १९:११ मा प्रकाशित ३२२९ पाठक संख्या

मलेखु – धादिङको मलेखुस्थित भद्रकाली मन्दिर परिसरमा नवनिर्मित प्रहरी सुरक्षा भवनको उद्घाटन गरिएको छ।


गजुरी गाउँपालिका–२  मलेखुमा निर्माण भएको यात्रु प्रतिक्षालय तथा प्रहरी सुरक्षा भवनको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे,गजुरी गाउँपालिकाको अध्यक्ष गणेशलाल श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) गौतम कुमार के.सीले आज एक कार्यक्रमका विच सयुक्त रुपमा उद्घाटन गरेका हुन्।

धादिङ मिलन केन्द्रको जग्गा सहयोगमा अम्बे आयल्स प्रा.ली.बेनिघाट -रोराङ-३ मलेखु,रिचोकटारको (चौध लाख पचास हजार ) आर्थिक सहयोगमा २ तल्ले भवन निर्माण गरेको हो । कार्य प्रशासन फांट,व्यारेक,भान्सा तथा चर्पीसहितको भवन निर्माण गरिएको हो ।

भवनको उद्घाटन क्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले भद्रकाली बिकास समाजले सामुदायिक क्षेत्रको बिकासका लागी सर्हानिय कामहरु गर्दै आइरहेकोमा खुशी व्यक्त गर्दै उनले भवन निर्माणमा आर्थिक सहयोग गर्ने अम्बे आयल्स प्रा.ली परिवार प्रति हार्दिक आभार व्यक्त गरे।

समाजमा शान्ति सुरक्षा कायम गर्ने समाजलाई सुरक्षित, सभ्य बनाउने सन्दर्भमा जिम्मेवारी सबै नागरिकको हुने हुँदा नागारिक पनि बिना बर्दीको प्रहरी रहेको बताउदै गैह्रेले नागरिक र प्रहरीले समन्वय र सहकार्य गर्नुपर्ने कुरामा जोड दिए ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम कुमार के.सीले नेपाल प्रहरीलाई पूर्वाधार, सीप, सुविधा र प्रविधिमा अब्बल बनाउँदै लैजानुपर्ने बताए। उनले प्रहरी आफैँलाई पनि काममा उच्च मनोबल प्राप्त हुने र नागरिकमैत्री सेवा प्रवाह गर्न पूर्वाधारको ठूलो भूमिका हुने बताए।

यसैगरी गजुरी गाउँपालिकाको अध्यक्ष गणेशलाल श्रेष्ठले सरकार प्रमुखको हिसाबले भद्रकाली बिकास समाजलाई जुनसुकै अवस्थामा पनि सहयोग गर्ने प्रतिबधता जाहेर गरे । भवन निर्माणमा आर्थिक सहयोग गर्ने अम्बे आयल्स प्रा.ली.परिवारलाई बिशेष धन्यवाद दिए । उनले अब आउने अर्को चरणको बजेटमा भवनको लागी आर्थिक सहयोग गर्ने पनि बताए ।

यस अघी जिर्ण भवनबाट सेवा प्रवाह हुँदै आएकोमा अबदेखि सुविधा सम्पन्न नयाँ भवनबाट सेवा सञ्चालन हुनेछ । प्रहरीको सेवा चुस्त दुरुस्त बनाउन र नागरिकलाई शान्ती सुरक्षा प्रदान गर्न सहज हुने अपेक्षा गरिएको छ ।

उद्घाटन कार्यक्रममा प्रहरी सुरक्षा भवन निर्माणमा योगदान गर्ने व्यक्तिहरु एक राज पाण्डे , हरी पाण्डे, शिव पाण्डे ,राजकुमार पाण्डे लगायतलाई सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक(डिएसपी) डिल्ली नारायण पाण्डे,मलेखु चौकीका प्रहरी सहायक निरीक्षक (असइ) भिम बहादुर खत्री क्षेत्री, गजुरी गाउँपालिका–२ का वडा अध्यक्ष द्रोन कंडेल,धादिङ मिलन केन्द्रका उपाध्यक्ष शिव प्रसाद पाण्डे,जिल्ला हाेटल सँघका अध्यक्ष रामशरण सिल्वालगायत बिभिन्न संघ संस्थाका प्रतीनिधीहरुको उपस्थिति रहेको थियो ।