FLASH NEWS

आइपिएलमा पञ्जाव सनराइजर्ससँग २ रनले पराजित


नेपाल आवाज २८ चैत्र २०८०, बुधबार ०७:१६ मा प्रकाशित ३५५ पाठक संख्या

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले पञ्जाव किंग्सलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा सनराइजर्सले पञ्जावलाई रोमाञ्चक २ रनले पराजित गरेको हो ।


सनराइजर्सले दिएको १८३ रनको लक्ष्य पछाएको पञ्जावले २० ओभरमा ६ विकेट गुमाउदै १८० रन मात्र बनाए पछि खेल २ रनले हारेको थियो । यस अघि पहिला ब्याटिंग गर्दै सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाउदै १८२ रन बनाएको थियो ।

यो जितपछि सनराइजर्सको ५ खेलमा ३ जित र २ हारसहित ६ अंक भएको छ भने पञ्जावले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ ।