FLASH NEWS

आर्सनल र बायर्न म्युनिख २-२ गोलको बराबरीमा


नेपाल आवाज २८ चैत्र २०८०, बुधबार ०७:३९ मा प्रकाशित ४६९ पाठक संख्या

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनल र बायर्न म्युनिख बराबरीमा रोकिएका  छन् ।


च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लिग अन्तर्गतको खेलमा आर्सनल र बायर्न म्युनिख २-२ गोलको बराबरीमा रोकिएका हुन् ।

आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा बायर्नका लागि फेर्गी ग्नाब्री र ह्यारी केनले एक एक गोल गरेका थिए ।  त्यस्तै आर्सनलका लागि बुकायो साका र लीन्द्रो ट्रोसार्डले एक एक गोल गरेका थिए ।

अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १८ मा बायर्न म्युनिखको घरेलु मैदानमा हुने छ ।