FLASH NEWS

पोखराका सव-इन्जिनियरसहित दुई जना डेढ लाख घुससहित पक्राउ


नेपाल आवाज २९ चैत्र २०८०, बिहीबार ०९:२४ मा प्रकाशित ४८७ पाठक संख्या

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरका सव-इन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई डेढ लाख घुससहित पक्राउ गरेको छ ।


अख्तियारले रोकाया र कुँवरले घर निर्माण सम्पन्न प्रमाणपत्र  दिलाउन लिएको डेढ लाख घुससहित पोखरा-५ बाट बुधबार राति पक्राउ गरेको जनाएको छ । अख्तियारले दुवैलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको जनाएको छ ।