FLASH NEWS

अजय–अक्षयका फिल्मको भिडन्त, आज देखी दुबैको फिल्म थियटरमा


नेपाल आवाज २९ चैत्र २०८०, बिहीबार ११:०५ मा प्रकाशित ६३७ पाठक संख्या

मुम्बई। अजय देवगन स्टारर फिल्म मैदान र अक्षय कुमार–टाइगर श्राफ स्टारर फिल्म बडे मियाँ छोटे मियाँ आज इदको अवसरमा रिलिज हुँदैछन् ।


अजय र अक्षयको फिल्म भिडेको यो पहिलो पटक भने होइन । यसअघि दुवै बक्स अफिसमा ६ पटक आमनेसामने भइसकेका छन् । योसँगै विगत १० वर्षमा पहिलो पटक इदमा दुई फिल्मको भिडन्त भएको छ ।

बडे मियाँ छोटे मियाँ र मैदानबीचको झडपमा के भन्छन् त बलिउड व्यापार विज्ञ तरण आदर्श ? उनका कुरा सुनौं ।

ईदको अवसरमा अक्षय कुमार–टाइगर श्राफको फिल्म अजय देवगनको फिल्मसँग भिड्दैछ । यसमा के भन्नु हुन्छ ? भन्ने प्रश्नमा उनले जवाफ दिएका छन कि दुवै फिल्मको अग्रिम बुकिङ एकदमै राम्रो छैन । यसका धेरै कारण हुन सक्छन्। पहिलो कारण दुवै फिल्मको रिलिज मिति बारम्बार परिवर्तन भएकाले पनि यसो भएको हुन सक्छ । जसका कारण चलचित्रप्रति दर्शकको उत्साह घट्दै गएको छ ।

इद र फिल्म रिलिजबीचको सम्बन्धको बारेमा कुरा गर्दा, सलमान खानका फिल्महरू प्रायः यो विशेष अवसरमा रिलिज हुन्छन्। विगत १० वर्षमा सलमानको कुनै पनि फिल्म २०२० र २०२२ को ईदमा मात्र रिलिज भएको छैन।