FLASH NEWS

बाघ हेर्न बर्दिया राष्ट्रिय निकुञ्ज पुगे पूर्वराजा ज्ञानेन्द्र शाह


नेपाल आवाज २९ चैत्र २०८०, बिहीबार २१:५८ मा प्रकाशित १२७३ पाठक संख्या

बर्दिया – पूर्वराजा ज्ञानेन्द्र शाह बाघ हेर्न बर्दिया राष्ट्रिय निकुञ्ज पुगेका छन् ।


मध्यपश्चिम नेपालको भ्रमणमा रहेका उनी बिहीबार अपरान्ह बर्दिया पुगेका हुन् ।

नयाँ वर्षको पूर्वसन्ध्यामा दिउँसो ३ बजे निकुञ्ज प्रवेश गरेका शाहसँगै ४ वटा जीपमार्फत सफारी गरेका छन् ।

उनीसँगै पारसलगायत अन्य परिवारका सदस्यहरू निकुञ्ज अवलोकन गरेका हुन् ।