FLASH NEWS

नेपाली सेना र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न


नेपाल आवाज २९ चैत्र २०८०, बिहीबार २२:२५ मा प्रकाशित ३२६५ पाठक संख्या

काठमाडौँ – नेपाली सेना र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।


सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेल मैदानमा भएको प्रतियोगितामा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डिपिआर)को टोली १–० गोलले विजयी भयो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा निर्देशनालय टोली संयोजक प्रवक्ता कृष्णप्रसाद भण्डारी र सञ्चारकर्मीका तर्फबाट टोली कप्तान समाचारपत्र दैनिकका सम्पादक दीपक रिजाल थिए।

निर्देशनालयले सैनिक र सञ्चार जगतबीचको सम्बन्ध थप प्रगाढ तुल्याउने उद्देश्यले निर्देशनालय स्थापनाका अवसरमा पछिल्ला वर्ष यस किसिमको प्रतियोगिता हुँदै आएको छ।

प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक र रेफ्रीलाई सैनिक तालिम महानिर्देशक सन्तोषकुमार ढकालले मायाको चिनो प्रदान गरेका थिए।