FLASH NEWS

एसीसी प्रिमियर कपमा युएई र ओमानको विजयी शुरुवात


नेपाल आवाज ३० चैत्र २०८०, शुक्रबार १५:३६ मा प्रकाशित ५५३ पाठक संख्या

काठमाडौँ । एसीसी प्रिमियर कपमा युएईको विजयी शुरुवात गरेको छ । ओमानमा शुरु भएको एसीसी प्रिमियर कप अन्तर्गत युएईले कुवेतलाई ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।


कुवेतले दिएको १७९ रनको लक्ष्य पछाएको युएईले १७.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको कुवेतले २० ओभरमा ८ विकेट गुमाएर १७८ रन बनाएको थियो ।

त्यसैगरी आयोजक ओमानले पनि बहराइनलाई ३ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ । समुह बि मा रहेका युएई र ओमानले यो जितपछि २-२ अंक हासिल गरेका छन् ।