FLASH NEWS

प्रहरी महानिरीक्षक कुँवरद्धारा १९ जना प्रहरी नायब उपरीक्षहरूलाई दर्ज्यानी चिन्ह प्रदान


नेपाल आवाज २ बैशाख २०८१, आईतवार १४:२६ मा प्रकाशित १५१३ पाठक संख्या

काठमाडौं – प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा भएका १९ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।


उनीहरुलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर तथा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले फुली लगाइदिएका हुन्।

प्रहरी महानिरीक्ष कुँवर तथा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच डीएसपीहरु दिपक मल्ल, निर्मल पनेरु, ऋषिराम घर्तीमगर, धनबहादुर बोहरा, जनार्दन घिमिरे, आयुशप्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरालाई दर्ज्यानी चिन्ह लगाइदिए ।

यस्तै नविन पौडेल, योगेन्द्र तिमिल्सिना (उपाध्याय), पुरुषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाया, गुणराज बुढाथोकी, रामप्रसाद तिमिल्सिना, भिषणबाबु राई, रुकबहादुर खड्का, रणबहादुर चन्द, राजन लामा र कमलबहादुर खड्काले पनि दर्ज्यानी चिन्ह पाएका छन्।

समारोहमा आईजीपी कुँवरले पदोन्नति भएका डीएसपीहरुलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरे ।