FLASH NEWS

कार्यवाहक अर्थमन्त्रीको जिम्मा नारायणकाजीलाई


नेपाल आवाज ४ बैशाख २०८१, मंगलवार ०९:३९ मा प्रकाशित ६०१ पाठक संख्या

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थ मन्त्रीको कार्यभार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई दिएका छन् ।


अर्थमन्त्री वर्षमान पुन अमेरिका प्रस्थान गरेकोले अर्थमन्त्री पुनको अनुपस्थितिमा परराष्ट्रमन्त्री श्रेष्ठलाई जिम्मावारी तोकिएको हो ।

अर्थमन्त्री वर्षमान पुन सोमबार विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन सोमबार बिहान मन्त्री पुन अमेरिका गएका हुन् ।