FLASH NEWS

साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन


नेपाल आवाज ४ बैशाख २०८१, मंगलवार १६:४८ मा प्रकाशित ५८९ पाठक संख्या

पोखरा । साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन भएको छ । पंगेनीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो ।


निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाइ आस्पताल भर्ना गरिएको थियो । प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता गीत चर्चित छन् ।  उनको बुधबार मध्यान्ह दाहसंस्कार गर्ने परिवार निकटले बताएका छन् ।