FLASH NEWS

राप्रपा नेपालको सह-प्रबक्तामा थापा मनोनित


नेपाल आवाज ५ बैशाख २०८१, बुधबार १९:३४ मा प्रकाशित १३५७ पाठक संख्या

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम भक्त बहादुर थापा (काठमाण्डौ) लाइ पार्टीको सह–प्रवक्ता पदमा मनोनयन गरेका छन् ।थापाले २७ वर्ष गोरखापत्र संस्थानको विभिन्न प्रकाशनसँग आवद्ध भएर पत्रकारिता गरेका थिए । केही दिन अघि अवकाश भएका थापा गोर्खापत्र संस्थानबाट प्रकाशित ‘मुना’ को सम्पादक थिए ।