FLASH NEWS

आज सुन प्रतितोला कति ?


नेपाल आवाज ६ बैशाख २०८१, बिहीबार १३:५० मा प्रकाशित ५४७ पाठक संख्या

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ६०० ले घटेर १ लाख ३८ हजार ६०० कायम भएको छ ।


यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २०० रुपैयाँ कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य भने सामान्य बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर  प्रतितोला १७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।