FLASH NEWS

राप्रपा प्रवक्ता श्रेष्ठको व्यंग्य – आफ्ना राजालाई पाखा लगाएर सरकारले विदेशी राजालाई सम्मान दिएछ !


नेपाल आवाज १० बैशाख २०८१, सोमबार १४:४८ मा प्रकाशित ४७५ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहनकुमार श्रेष्ठले आफ्ना राजालाई पाखा लगाएर सरकारले विदेशी राजालाई सम्मान दिएको भन्दै व्यंग्य गरेका छन्।


सरकारले कतारका (अमिर) राजा शेख तमिम बिन हमाद अल थानी नेपालको राजकीय भ्रमणमा आउने भएपछि सार्वजनिक बिदा दिएपछि राप्रपा प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन् ।

प्रवक्ता श्रेष्ठले सामाजिक संञ्जालमा लेखेका छन्, ‘कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि नेपाल आउँदा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। आफ्नो देशको राजालाई विदेशी योजनामा पाखा लगाएकाहरूले विदेशकै राजालाई भएपनि सम्मान दिएछ। नेपालको राजालाई पनि आफ्नो स्थान,श्रीपेच र इज्जत देऊ ।’

उनले आफ्ना राजालाई पाखा लगाएर विदेशी राजालाई सम्मान गरेको टिप्पणी गरे। प्रवक्ता श्रेष्ठले नेपालका राजालाई पनि सम्मान गर्न आग्रह गरेका छन्।

विदेशीको योजनामा नेपालका राजालाई पाखा लगाइएको प्रवक्ता श्रेष्ठको भनाइ छ। उनले नेपालका राजालाई पनि स्थान,श्रीपेच र इज्जत दिन माग गरेका छन्।

कतारका राजा थानीले नेपालमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाललगायतसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यसूची रहेको छ।

थानी राष्ट्रपति पौडेलको निमन्त्रणमा दुई दिने भ्रमणमा नेपाल आउनका लागेका हुन् । भ्रमणका क्रममा द्विपक्षीय सम्झौता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।