FLASH NEWS

हत्याको अभियोगमा पक्राउ


नेपाल आवाज १६ बैशाख २०८१, आईतवार १६:१२ मा प्रकाशित ६१९ पाठक संख्या

जुम्ला । जुम्लाको पातारासि गाउँपालिका-३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको हत्या गरेको अभियोगमा उनकै सौतेनी छोरी पातारासि गाउँपालिका-१ गडिगाउँ घर भई माईतिघर आएकी २६ वर्षीया हाँसु ऐडीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


ऐडीले ढिकीको मुसलले हान्दा महताराको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट तल्फि र प्रहरी चौकी डिल्लिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।