FLASH NEWS

आमाको हत्या गरेको आरोपमा छोरी पक्राउ


नेपाल आवाज १६ बैशाख २०८१, आईतवार १७:०९ मा प्रकाशित १९१५ पाठक संख्या

सुर्खेत । जुम्लामा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरीलाई पक्राउ गरेको छ। पातारासी गाउँपालिका-३ छुमकी ५५ वर्षीया सुवा महतराको हत्या आरोपमा छोरी पक्राउ परेकी हुन्।


शनिबार पातारासी गाउँपालिका-१ गडिगाउँ घर भई माइतीघर आएकी २५ वर्षीया हाँसु ऐडीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीका अनुसार छोरीले मुसलले आमाको टाउकोमा प्रहार गरेर हत्या गरेकी हुन्। छोरीको मानसिक सन्तुलन ठिक नभएको प्रहरीको भनाइ छ।