FLASH NEWS

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत


नेपाल आवाज ३१ बैशाख २०८१, सोमबार १५:४६ मा प्रकाशित ४८१ पाठक संख्या

विराटनगर ।‌ कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत मत प्राप्त गरेका छन् ‌ । आइतबार कोसी प्रदेशसभामा कार्कीले‌ आफूले पुनः नेतृत्व गर्ने अवसर पाएको भन्दै एउटा प्रक्रियाबाट आफू मुख्यमन्त्री बनेको दाबी गरे ।


मत विभाजनमा कार्कीले राखेको विश्वासको मतको पक्षमा ५७ मत परेको थियो । विपक्षमा मत कुनै मत परेन भने तटस्थमा ५ मत परेको थियो । कार्कीलाई एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदले मत दिएका थिए । कांग्रेसले भने आजको बैठक बहिष्कार गरेको थियो ।