FLASH NEWS

गृहमन्त्री रवि लामिछाने बिरुद्ध बैंक ठगी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर


नेपाल आवाज १ जेष्ठ २०८१, मंगलवार १९:३८ मा प्रकाशित २८५१ पाठक संख्या

काठमाडौंका –उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि हिमालयन  बैंक ठगी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।


जीवी राईले देशका विभिन्न ठाउँमा सञ्चालन गरेका सहकारीमा जम्मा भएको करोडौं रुपैयाँ ‘ग्यालेक्सी फोर के टेलिभिजन’ सञ्चालन गर्ने नाममा दुरुपयोग गरेको पुस्टि भएपछि सहकारी पीडितहरूले गृहमन्त्री लामिछानेमाथि कारबाहीको माग गरिरहेका छन्।

हिमालयन बैंकले गोर्खा मिडिया नेटवर्कविरुद्ध २०८१ वैशाख ४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको कुरा खुल्न आएको छ ।

एक अनलाईनले दिएको श्रोतका अनुसार ,  ’गोर्खा मिडिया नेटवर्क अन्तर्गत ‘ग्यालेक्सी फोर के टेलिभिजन’ले ‘को बन्छ करोडपछि ?’ नामक कार्यक्रम प्रायोजन गर्न तत्कालीन सिभिल बैंकसँग सम्झौता भएको  थियो । यस कार्यक्रम नायक राजेश हमालले सञ्चालन गर्ने विज्ञापन बजेको थियो  तर  लामो समय बित्दा पनि उक्त कार्यक्रम सञ्चालन भएन  ।

हिमालयन बैंकसँग सिभिल बैंक यसैबिच गाभिएपछि उक्त रकम पनि हिमालयन बैंकको जिम्मेवारीमा आइपुग्यो । बैंकले गोर्खा मिडियासँग पटक पटक सम्पर्क गर्दा पनि उक्त मिडिया बैंकको सम्पर्कमा आएन ।

स्रोतका अनुसार २०७८ फागुन २५ गते गोर्खा मिडिया नेटवर्कसँग बैंकले उक्त कार्यक्रम प्रायोजन गर्ने भनेर ६२ लाख १५ हजार रुपैयाँ एडभान्स भुक्तानी गरेको थियो ।

उक्त कागजातमा विपिन आचार्यले हस्ताक्षर गरेका छन् । निज आचार्य पनि बैंकको सम्पर्कमा नआएपछि बैंकले सावाँ ब्याजसहित १ करोड २४ लाख ३० हजार रकम फिर्ता लिन काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।