FLASH NEWS

विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी


नेपाल आवाज २ जेष्ठ २०८१, बुधबार ०७:५८ मा प्रकाशित ७०३ पाठक संख्या

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले विनवार्ड्स भोलक्यानोजविरुद्धको पहिलो अभ्यास खेल जितेको छ । गएराती सम्पन्न खेल नेपालले ४ विकेटले जितेको हो ।


विनवार्ड्सले दिएको १९७ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालका लागी ओपनर कुशल भुर्तेलले ४२ बलमा ७१ र दीपेन्द्र सिंह ऐरीले २५ बलमा अविजित ५२ रन बनाएका थिए । त्यस्तै सोमपाल कामी ३५ रनमा अविजित रहेका थिए । यसअघि पहिला ब्याटिङ गरेको विनवार्ड्सले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो ।

विश्वकपको तयारीमा रहेको नेपालले विनवार्ड्स भोलक्यानोजसँग थप दुई अभ्यास खेल खेल्नेछ । नेपालले अब १६ मेमा दोस्रो र १८ मे मा तेस्रो अभ्यास खेल खेल्ने छ ।