FLASH NEWS

आज बढयो सुनको भाउ, तोलामा कति पुग्यो ?


नेपाल आवाज २ जेष्ठ २०८१, बुधबार १२:०२ मा प्रकाशित ७५१ पाठक संख्या

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा एक हजार रुपैयाँले बढेको छ । हिजो प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले बढ्दै १ लाख ३८ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।


यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले मात्रै बढेर १ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।