FLASH NEWS

सुनको मुल्यमा नयाँ रेकर्ड


नेपाल आवाज ३ जेष्ठ २०८१, बिहीबार ११:२० मा प्रकाशित १४१७ पाठक संख्या

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ बढेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन विहिबार १ हजार ६०० रुपैयाँ बढेर तोलामा १ लाख ४० हजार रुपैयाँमा कारोवार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि बिहीबार तोलामा १ हजार ८०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७४५ रुपैयाँ कारोबार भएको थियो ।