FLASH NEWS

नारायणगढ-मुग्लिन सडक दुर्घटनामा थप एक जनाको मृत्यु


नेपाल आवाज १४ जेष्ठ २०८१, सोमबार १७:३४ मा प्रकाशित ७०३ पाठक संख्या

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।मृत्यु हुनेमा प्युठान नौबैईनी गाउँपालिका–३ बस्ने १३ वर्षिय सोयन पुन र ट्रकका सहचालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१ बर्षिय राजन सुवेदी छन् । पुनको रातिनै मृत्यु भएको हो भने सुवेदीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ८: ४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।


गएराती नारायणगढ–मुग्लिन सडक खण्डको सत्रकिलोमा चार सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटनामा परेका थिए ।